Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

विहारका मुख्यमन्त्री नीतिशकुमारद्धारा मन्त्रिपरिषद् विस्तार



पटना । मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उनले नयाँ मन्त्रिपरिषद्मा सामेल गरेका छन् ।

आरजेडी, जनता दल युनाइडेट (जेएलडी)लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । छत्तीस जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राखेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ ।

सन् २०२०को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड)ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो । एएनआई


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा