Logo
१६ आश्विन २०७९, आईतवार
     Sun Oct 2 2022
E-paper
  English Edition
   Unicode
Logo

श्रीलङ्काली राष्ट्रपतिद्वारा सरकारी खर्चमा कटौती गर्न निर्देशन



कोलम्बो । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेले यहाँका सबै सरकारी निकायलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् ।

उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपति विक्रमासिङ्घेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ ।

सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभाग तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ ।

श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।

राष्ट्रपति विक्रमासिङ्घेले सरकारी निकायलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिनुभएको समाचारमा जनाइएको छ । (रासस\सिन्ह्वा)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य

नरेश कटुवाल, सोनादा, दार्जिलिङ हिउँदोको उरन्ठिलो यातनासंग युद्धबन्दी भएर उभिएका बोटहरूमा, जसो तसो म

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त