back
CTIZAN AD

 लीला उपचारपछि घर फर्किए

वि.सं.२०७३ चैत १४ सोमवार

705 

shares

१४ चैत,सुरुङ्गा (झापा)  । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका बाह्रदशी गाउँपालिका– ३ राजगढका १९ वर्षीय लीला चम्लागार्इं उपचारपछि आज घर फर्किएका छन् ।

मानसिक सन्तुलन गुमेपछि लीलालाई उनका परिवारले विगत १७ वर्ष वर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)ले फागुन ३० गते १७ वर्षदेखि साङ्लोमा लीलाप्रसाद शीर्षकमा तस्बीर सहितको समाचार प्रकाशन गरेपछि उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मा र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलगायत टोलीले चम्लागार्इंको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

चैत १ गते अस्पताल भर्ना भएका लीलको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताउनुभयो ।

दुई सातासम्म अस्पतालमा डा बर्मासहितको चिकित्सक टोलीले उनको उपचारपछि आज लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ ।

सो अवसरमा उनको उपचारमा संलग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताउनुभयो । उनमा बुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै उहाँले केही समयसम्म लीलाले निरन्तर औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।

२०५४ सालमा जन्मिएका लीला बाल्य अवस्थादेखिनै बोल्दैनथे । उनको दाँहिने हातसमेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्नसक्ने भएको उनकी आमा जानुकाले बताईन् । उपचारपछि छोरो निको भएको भन्दै उहाँले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक प्रसाईंले लीलाको उपचारमा लागेका सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधिसमेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ चैत १४ सोमवार १३:१० मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...