
काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।
लामिछानेबाट आफु बलात्कृत भएको आरोप लगाउँदै १७ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको छ ।
क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले कप्तान लामिछानेलाई अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा उनलाई निलम्बन गरेको बताएका छन् ।
‘नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने उपर जर्बजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मनित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’ क्यानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडाैं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी