Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

मुगुलाई पूर्णखोप सुनिश्चित घोषणा



मुुगु । मुुगु जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा भएको छ ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराक साथ पूर्णखोप सुनिश्चिता घोषणा गरिएको हो ।

पालिका तथा वडातहका पूर्णखोप समन्वय समितिले घरधुरी सर्वेक्षणबाट प्राप्त प्रतिवेदनको आधारमा मुगुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख उमेश गौतमले बताए । जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु गाउपालिका, खत्याड गाउपालिका र मुगुम कार्मारोङ्ग गाउपालिकाका ४ वटै सवै स्थानीयतह हरुले पूर्णखोप सुनिश्चितता घोषणा गरिसके पछि जिल्लालाई पनि घोषणा गरिएको गौतमको भनाई छ ।

जिल्ला पुर्णखोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति उपप्रमुख नैली कार्कीको अध्यक्षतामा मुगुलाई पूर्णखोप सुनिश्चिता घोषणा गरिएको थियो । पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि सहभागीले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेको स्वास्थ्य प्रमुखले जनाए ।

पुर्णखोप घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भाम, सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाही र मुगुम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चितता सँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

मुगुम कार्मारोङ्ग गाउपालिकाले भदौ १९ गते सोरु गाउपालिकाले २० गते तथा छायाँनाथ रारा नगरपालिकाले २१ पूर्णखोप सुनिश्चितता घोषणा गरेका थिए ।

मुगु जिल्लाको लागि कर्णाली प्रदेश अन्तर्गत ७ औं स्थानमा भएको हो भने मुलुकमा ७० औ स्थानमा पुर्ण खोप सुनिश्चितता घोषणा भएको जनाईएको छ ।

घोषणा कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो भने महाकाली नमुना मावि र रारा बोडिङ्ग स्कुलका विद्यार्थीहरु खोप सम्बन्धि जनचेतना मुलक नाटक प्रदर्शन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको