Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा : टाउकोमाथिको भारी



ममता मृदुल, बिराटनगर, मोरङ

एउटा सन्तान थियो प्रशान्त, खरदार जागिरे चन्द्रको आर्थिक अवस्था कमजोर भएर होला कुनै रहर नै थिएन । अभाव बाहेक घरमा अरु केही छैन । खरदारको जागिरले घर खर्च धान्न सजिलो छैन । खासै पढ्न नसक्ने प्रशान्तलाई बाह्रै महिना ट्युशनको भर छ । प्रशान्तले बाह्र पास गर्याे । एमबीबीएस पढ्छु, भन्छ । एउटा घर बाहेक केही छैन । धेरै पटक छोरालाई अरु विषय पढ्न भने पटक्कै मानेन । प्रशान्तको एमबिबिएसको पढाइ सकियो । पहिले गरेको दुःख सकियो सोंचे, चन्द्रका बूढाबूढीले प्रशान्तको सरकारी अस्पतालमा जागिर भएको छ ।

केटी दिनेको लर्काे लाग्यो, चारवटी हेरेपछि बल्ल प्रशान्तलाई मन पर्याे । बिहे सकियो । जागिरे बुहारी पाएर खुसी छन् । सोचे जस्तै भयो । छोराबुहारी दुवै जागिरे छन् । चन्द्रलाई टाउको माथिको भारी बिसाएको अनुभूति भयो । चन्द्रले बूढीलाई भने, ‘छोरा बुहारीलाई घरमा छाडेर मुक्तिनाथ दर्शन गर्न जाने’, बूढी दङ्ग परिन् ।

बेलुका छोराबुहारी घर आएनन् । चन्द्रका बूढाबूढीले डिउटी परेर नआएका सोंचे । भोलिपल्ट बिहान छोराले फोन गर्याे र भन्यो, ‘बुवा ! अब हामी दुईजना मात्रै बस्ने क्वाटर पायौं । सामान लिन आउँछौ ।’ छोराले सामान लिएर गयो । उ गएको केही बेरमा नै बैंकको पियनले चन्द्रको हातमा घर लिलामीको सुचना बुझाएर गयो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको