back

कथा : छोरी

वि.सं.२०७९ असोज १ शनिवार

348 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

नचाहेर पनि म आज बिगतको पाना पल्टाईरहेको छु र पल्टाउन मेरै बिगतले वाध्य बनाएको छ ।

म, जन्मी हुर्की बडी ठुली अर्थात् घरधन्धा गर्न सक्ने भएपछि मेरो बाबाले आमाको न्यानो काखबाट छुटाएर चैनपुर खादबारीबाट मलाई तराईको घरमा ल्याउनु भयो । जहाँ बाबा अर्की आमा अर्थात् कान्छी आमासँग बस्दै आएको मोरङ्गको मधुमल्ला छेउ बालाटुङ्ग भन्ने ठाउँमा ।

म र माइली बहिनी हामीसंगै हुर्किदै थियौ । कान्छी बहिनी टुकुटुकु हिड्न थालेकी थी । भर्खर मलाई तोतेबोलीमा दिदी भन्न थालेकी थी । आमा मेलापात जादाँ मैैले नै घरको धन्दा गर्दै बहिनीलाई हेर्नूपथ्र्यो अब बहिनीलाई कस्ले हेर्ने र आमा कामबाट आउँदा खाजा कस्ले दिने भन्ने पीडा हुन थाल्यो । बिचरी मेरी माईली बहिनीको अब खेल्ने दिन पनि सकिएछ । उसैले हेर्नूपर्ने भयो बहिनीमाथि अलिकति आशा थियो मामली घर त्यही छ, पक्कै हजुरआमाले साथ दिनु हुन्छ होला !

जब म मोरङ्ग झर्दा आठ सालकी मात्र थिए । पहाडमा पढ्न मलाई सहज थिएन त्यसैले तराईमा पढाउँछु पनि भनेर वुवाले ल्याउनु भयो तर मेरो पढ्ने इक्षा आंकाक्षा रहर सबै त्यसै बिलिन भएर हरायो आकाशको सेतो बादलसंगै । दिनरात घाँस, दाउरा, गोठालो त्यति मात्र हो र यता सानीआमाको पनि तीनजना छोरी थिए । उनीहरुको पनि गोठालो गर्नुपथ्र्यो । वुवाले मेरी आमा अर्थात् जेठी श्रीमतीको पनि एउटा छोरा थियो । त्यतिले नपुगेर मेरी आमाबाट पनि छोरा भएन भनेर कान्छी आमा विवाह गरेको रहेछ मेरो वुवाले । मेरो दिनचर्या सधा झै चलिरह्यो उहीँ बाख्रा गोठालो तीन बहिनीको गोठालो, बिहान–बेलुका एक डोको भाडा बर्तन साफ गर्नुपर्ने । सबेरै उठेर चुला चौका लिपपोत दैनिकी मेरो काम यही हुन्थ्यो । मेरो नारीले भ्याउन्न नसक्ने गरी सबैको लुगा धुनुपर्ने । पहाडबाट ल्याउँदा तराईमा पुगेर धेरै पढ्ने’ भनेर ल्याएका मेरा बा’ले ‘नोकर्नी’ बनाउन पो ल्याएका रहेछन् ।

काली भएकाले मलाई घरकाले सधै काली भनेर बोलाउथे । बाहिर छिमेकीले मात्र मलाई दया गरेर शान्ती भन्थे । हुन त म शान्त स्वाभावको भएरै होला मलाई मेरी आमाले शान्ती नाम राखीदिनु भएको । कहिलेकाहीँ मलाई सौतेनी आमाले लछारपछार पारेर कुट्नु हुन्थ्यो । तर पनि म रोएर आँसु झार्थिन् । मेरा आँखाबाट आँसु नझरेको देख्दा ‘कप्टी कोणी’ भनेर झन् गालामा बेस्सरी चड्कन दिनहुन्थ्यो । तर पनि अँ हँ म आँसु बगाएर आफुलाई कमजोर साबित गर्दिनथे । यदी मलाई रुनै परे पनि म कि घाँस काट्न जाँदा रुन्थे कि, त मेरो एउटा हितैषी साथी थिइन् । उस्लाई दुःख पोखाउदै रुन्थे । उ पनि मेरै उमेरकी थिईन् तर उ सुखसयलमा हुर्केकी केटी उस्ले त के बुझ्थिन् होला र मेरो जीवनको पीडा । ममा कति ठूलो चोट परेको छ भन्ने कुरा ! यत्ति हो म रुँदा उ मेरो आँसु पुछी दिन्थिन् । मलाई मीठो–मीठो बिस्कुट तथा घरमा पकाएका खानेकुरासम्म लिएर आउँथिन् । उनी भन्थिन्–नरोउ म तिमीलाई मीठो खाने कुरा लिएर खुवाउँछु ।’ सायद उस्ले मलाई फकाएको हुनुपर्छ । आज मलाई राम्रो याद छ ती दिनहरु ।

त्यो बेलामात्र मैले स्कूलको रंग देखे, ढंग देखे, बजार देखे, पसल देखे, मनमा भएको एउटा कौतुहलता हटेर गयो । मेरो जीवनमा त बाख्रा, ग्याङ्री खोलाको किनार, पारी पट्टीको जंगल, बालाटुङ गाउँ, शिशौली गाउँ, कशैनी गाउँ मात्र पथ्र्यो त्यो पनि मेला पर्ममा जाँदा ।

सबै स्कूलमा अट्थे, पढ्न सक्थे, बाटोमा रमाएर हिड्न सक्थे, साथीसँगी बनाउन सक्थे । तर म त गाउँको साथीहरुसँग पनि रमाउँन सकिनँ न त साथी नै बनाउन सके नत हास्न सके अहँ मैले केही गर्न सकिनँ । म, त मात्र कुवाको भ्यागुतो भएर बस्न सके । सानी आमाले जेठी सौतेनीको छोरालाई छोराजस्तो मान्न सक्यो तर मलाई नोकर भन्दा कम राखेन ।

हाम्रो घरको बाटो हुँदै एकजना पुष्ता सर स्कूल जानूहुन्थ्यो । एकदिन उहाँले वुवालाई भन्नू भयो– यो नानीलाई पनि स्कुल पठाउँनु होस् यीनले धेरै पढ्छीन् ।’ भनेर तर वुवाको जवाफ यस्तो थियो –पढ्नै मान्दैन, स्कुल जा भनेको जान्न, बरु बाख्रा हेर्छु भन्छ ।’

यो कुरा सुनेर म त एकछिन अचम्म परे । तर, बिस्तारै आफुलाई समालेर गोठ धन्दामा लागे । मलाई मेरो आमाले अभागी जन्माउनु भएको हैन अभागी त यीनीहरुले बनाएको हो । घाँस दाउँरा, पानी पधेरो, चुला चौका, बाख्रा नै मेरो साथी बन्दै गयो । ग्याङ्री खोला, खोलाको किनार, बाख्रा, बाख्राको पाठो तीनीहरु नै थियो मेरो हितैसी साथीहरु थिए ।

म बिस्तारै ठूली हुँदै गए । वुवा कहिले पहाड कहिले तराई गर्दै दिन बित्थ्यो । त्यही सिलसिलामा मेरो आमाले छोरा जन्माउनु भयो । सानी आमाको पाँचवटा छोरी मात्र भए । जब मेरो भाइ भएपछी वुवाले आमा र भाइ बहिनी लिएर तराईमै आउनु भयो । हामी जम्मा तेह्रजना भयौं एउटा घरमा । उनीहरुले खानेकुरा बेञ्जन हुन्थ्यो तर हामीले अन्तिममा कुडो जस्तो खानुपथ्र्यो । म र आमा कहिलेसंगै बसेर रुन पाएनौ न त हास्न नै सक्यौ । भान्साको काम सधै सानी आमाले गर्नुहुन्थ्यो । मेरी आमाको पालो त उ पर सर्दा मात्र छिर्न पाउँथिन् । त्यो पनि सानीआमा सधै ढोका बाहिर बसेर यो गर, त्यो गर भनेर अराउथिन् । यस्तो लाग्छ तिनीहरु खराब आचरणका मान्छे रहेछन् । मेरो पनि धेरै रहर थिए नि ! मलाई पनि नाच्न, उफ्रिन, गाउँन मन लाग्थ्यो तर कहिल्यै पाईन । गायो, उफ्रियो भने सानिआमाका बचन सुन्नु पथ्र्यो । ‘तलाई बैस चढ्यो हैन ।’ भन्दै कपालमा समातेर लछार्नुहुन्थ्यो । मेरो टाउको कलिलो, छाला तन्किएर कत्ति दुख्थ्यो सही नसहनु पीडाले मेरो छाती आगोले पोलेसरी भतभति पोल्थ्यो । केही सानो गल्ती भयो भने पनि हातमा डाडु् होस् या पन्यू, झटारो टाउकोमा बर्जिन्थ्यो । मानौ उनीहरुको लागि म एउटा मैदानमा पल्टिने भलिबल थिए । जसरी पल्टायो त्यसरी पल्टिदिनु पर्ने ।

यसरी नै दिन बिते, रात बिते, बर्ष बिते । मेरो बाल्यकाल पनि बित्यो । मेरो भाइबहिनी पनि स्कुल जान थाले । सानीआमाको छोरीहरुले खाएर स्कुल गएपछि मात्र मेरो भाइबहिनीले काम सकेर खाना खाएर जान पाउथे । मैले स्कूलको कल्पनासम्म गर्न पाएकी थिईन्, स्कुल कस्तो हुन्छ ? बजार कस्तो हुन्छ ? सामन सौदा पाउने दोकान कस्तो हुन्छ मैले कहिल्यै देख्न सकिनँ । यो त मेरो कल्पना भन्दा बाहिरको कुरा थियो । र म कल्पनामा नै सिमित रहेर हुर्किदै गए । एकदिन ठूलो झरी पर्यो । भाइबहिनी स्कूलबाट घर आउन सकेनन् म र सानी आमा छाता लिएर स्कुल पुग्यौ । त्यो बेलामात्र मैले स्कूलको रंग देखे, ढंग देखे, बजार देखे, पसल देखे, मनमा भएको एउटा कौतुहलता हटेर गयो । मेरो जीवनमा त बाख्रा, ग्याङ्री खोलाको किनार, पारी पट्टीको जंगल, बालाटुङ गाउँ, शिशौली गाउँ, कशैनी गाउँ मात्र पथ्र्यो त्यो पनि मेला पर्ममा जाँदा । खोलापारी पट्टीको मधुमल्ला बजारसम्म म नपुगेको मान्छे आज पुग्दा स्वर्ग पुगेझै लाग्यो । आनन्दको अनुभव पनि गर्न पाए ।

दाइले हेर्न छाडेपछि माइतीघरको सबै व्यवहार मेरो थाप्लोमा आईपर्यो । मैले पनि निभाउदै गए । सानी आमालाई पनि पाठेघरको क्यान्सर भयो । दाजुले फर्केर हेर्नू भएन, उल्टै मलाई भन्नू हुन्थ्यो– ‘त चाहिँ किन हेर्छस् त्यो बैगुनीलाई गुन नलगा ।’ तर मेरो मनले त्यस्तो हालतमा छोड््न मानेन । त्यसपछि बिराटनगरको नबिल हस्पिटलमा उपचार गराएर घर ल्याए । घर आएपछि सानीमा भक्कानिदैं अंगालो हारेर बेस्सरी रुन थाल्नु भयो । ‘मलाई फेरि जीवन दियौ । मैले तिमीलाई चिन्न सकिनँ । तिमी मेरो जीवनमा भगवान बनेर आयौ मलाई माफ गर छोरी ।’ उहाँले विगतका दिन सम्झेर पश्चताप गर्दै रुन थाल्नु भयो ।

सुरुका दिनबाट आजसम्म यसरी नै मेरो दिन चर्चा चलीरह्यो । म, आमा अनि मेरा भाइबहिनी त त्यो घरको दासी थियौ । सानीमा र उस्को सन्तान त जेठी सौतेनी आमाको दाजुले कहिले घाँस दाउँरा, खेतीपाती, हिलो बर्खा, केही झेल्नु परेन । सबै हामीले खेतबारी उकास्थ्यौ । भाइ बहिनीले घर खेतको काम गर्न सक्ने भएपछि मेरो उमेर ढल्कियो रे ! अब मेरो बिवाह गर्ने दिन आयो रे ! छोरी हुर्केपछि घरमा बस्नु हुन्न रे ! यस्तै–यस्तै धेरै कुराहरु हुन थाल्यो, सुन्न थाले ।

मेरो बिवाह गर्ने दिन पनि आयो । हिलेको छिङ्ताङ्ग,सहीद टोल भन्ने गाउँमा बिहे तय भयो । खै कुन्नी के दया लागेछ त्यो केटा र उस्को आमा वुवालाई म काली केटीलाई देखेर मन पराए !

हुन त म काली भए पनि, अनपढ भए पनि हिस्सी परेकी बान्की परेकी थिए । शिल स्वाभाव कि थिए । कोसंग कस्तो के कसरी बोल्नुपर्छ, कस्तो व्यहार गर्नुपर्छ त्यो सोहमत मसंग थियो । सायद त्यही भएर होला मलाई मन पराउनुको कारण । नत्र किन मन पराउथ्यो होला आईएस पढ्दै गरेको केटाले । उ पनि बडो शिल स्वाभावको केटो थियो । कालो वर्णको हिस्सी परेको थियो । मलाई नि देख्दै मनपर्यो । हामी दुईले नै आँखाको ईशारामा बिवाहको प्रस्ताव राख्दै एक अर्कालाई स्विकार गर्यौ । त्यो सुन्दर वातावरणलाई आफ्नै मुठ्ठीमा लिएर म दङ्ग भए । सोचे ममा अब बैशले प्रवेश गरेछ, किन्चित म मुस्कुराई दिए, मन पनि एकदम खुशी भएर उफ्रियो । म सोह्र सालमा टेक्दै थिए । विशाल बिस सालमा चढ्दै थियो । मैले त उस्लाई परिपक्क देखे । फक्रिएको फूलजस्तो, तर अनुहार कस्तो गम्भीर मलाई मनपर्ने रुप । उस्को नाम विशाल थियो । उस्को मन पनि ठूलो विशाल नै रहेछ । हाम्रो लगन गाँठो जुर्यो । मंसिरको महिनामा लगन भयो र मलाई त्यो घरबाट बिदा गरिदिए । मेरी आमाले छातीमाथि ढुङ्गा राखेर मुस्कुराउदै बिदा गरिन् मलाई ।

मेरो घरबार राम्रो संग चल्यो । चलिरह्यो सासू–ससुरा नन्द आमाजु देवर सबैलाई रिजाएर म सबैको प्यारी पनि भए । त्यसपछी मलाई लाग्यो पढाइ भन्दा ठूलो आफ्नो स्वाभीमान रहेछ ।

विशाल धनकुटामा बसेर पढ्थ्यो । उ शुक्रवार आउथ्यो र सोमवार बिहानै क्याम्पस जान्थ्यो । हाम्रो लागि एक अर्कालाई बुझ्न सक्ने ती दिनहरु नै प्रयाप्त थियो । यस्तो लाग्यो म अभागी रहेनछु म त भाग्यमानी रहेछु, सबैभन्दा ठूलो भाग्य रहेछ मेरो । भन्न त गाउँको काका काकी मामा माइजू, ठूलाबडाले भन्नू हुन्थ्यो, ‘तिमी काली भएर के भयो तिम्रो भाग्य ठूलो छ सहेर बस् नानी भोलीको दिनले तिम्रो भाग्य लिएर आउँने छ ।’ म यही शब्द आजसम्म सम्झिरहेको छु । तर म पनि भाग्यलाई विश्वास गर्छु । हुन त मैले बिहे अगी कहिल्यै पनि भगवानको पूजा गरिनँ । तर, पनि मेरो भाग्य रहेछ भगवान । मेरो आत्मा पूर्णरुपमा सन्तुष्ट भएको छ । कखग पढ्न सम्म नजान्ने मान्छे मलाई नन्द र देवरले पढ्न लेख्न सिकाए । आज म सजिलै आफ्नो नाम लेख्न सक्छु यही नै मेरा लागि गर्वको कुरा हो ।

माईत जाने आउने क्रम चलिरह्यो । एक वर्षपछी मेरो कोख भरियो । मैले छोरीलाई जन्म दिए । त्यसपछि दाजुको पनि बिवाह भयो, मधुमल्ला बजारको एउटा राईको छोरीसँग । जब दाजुको विवाह भयो घरको स्थिति विग्रदै गयो । । घरमा झै–झगडा सुरु हुन थाल्यो । त्यसपछि भागभण्डा लगाएर दाजु मधुमल्लामा नै कपडा पसल खोलेर बसेपछी घर फर्केर आउनु भएन । त्यहि चिन्ताले दुई सालपछी बुवाको मृत्यु भयो । दाजुले अप्ठयारो स्थितिमा छोडेर जानू भयो । जस्लाई वुवा र सानी आमाले राजकुमार झै हुर्काउनु भएको थियो । त्यसपछी हरेक कुराको, व्यवहारहरु मैरै टाउकोमा आईलाग्यो साना भाई बहिनीको हेरबिचार गर्नुपर्ने स्थिति आयो । मलाई मेरो छोरीको पनि रेखदेख गर्नुपर्ने भयो । तर पनि म तनाव लिन्नथे । मेरो साथमा विशाल थिए । ठूलो मन भएको विशाल मेरो श्रीमान, म गर्बले भन्छु मेरो विशाल ।

दाइले हेर्न छाडेपछि माइतीघरको सबै व्यवहार मेरो थाप्लोमा आईपर्यो । मैले पनि निभाउदै गए । सानी आमालाई पनि पाठेघरको क्यान्सर भयो । दाजुले फर्केर हेर्नू भएन, उल्टै मलाई भन्नू हुन्थ्यो– ‘त चाहिँ किन हेर्छस् त्यो बैगुनीलाई गुन नलगा ।’ तर मेरो मनले त्यस्तो हालतमा छोड््न मानेन । त्यसपछि बिराटनगरको नबिल हस्पिटलमा उपचार गराएर घर ल्याए । घर आएपछि सानीमा भक्कानिदैं अंगालो हारेर बेस्सरी रुन थाल्नु भयो । ‘मलाई फेरि जीवन दियौ । मैले तिमीलाई चिन्न सकिनँ । तिमी मेरो जीवनमा भगवान बनेर आयौ मलाई माफ गर छोरी ।’ उहाँले विगतका दिन सम्झेर पश्चताप गर्दै रुन थाल्नु भयो ।

बिस्तारै बहिनीहरुले पनि मलाई माया गर्नथाले । घरको सबैभन्दा जेठी छोरी भएको नाताले मैले आफ्नो कर्तव्य निभाउदै गए । घर र माइती दुवैतिर आफ्नो कर्तव्य निभाउन पछि परिन् ।

तर, मेरो बाल्यकालमा जे भयो त्यसप्रति मलाई कुनै गुनासो छैन । सायद सौतेनी आमाले त्यसो नगरेको भए मेरो भाग्यको ढोका खोलीदैन थियो होला । जो कोहीले पत्याउँन सक्दैन म त्यस्तो अपहेलित केटी आज महारानी झै भएको छु । यो विगत लेखेर मैले घमण्ड गरेकी हैन ती विगतलाई सम्झेकी मात्र हुँ ।

वि.सं.२०७९ असोज १ शनिवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...