back

सवारीले ठक्कर दिँदा बेलायतमा नेपालीको मृत्यु

वि.सं.२०७३ चैत १५ मंगलवार

573 

shares

बेलायतको बर्मिङहममा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको रुरु गाविस थोर्गा घरभई हाल बेलायतको बर्मिङहममा बस्ने ४५ वर्षीय दिल सुवेदीको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीय नेपाली समुदायले जानकारी दिएका छन् ।
शान्ति नेपाली समाज बर्मिङहमका कार्यकारी सदस्य यज्ञ खरेलका अनुसार मंगलबार (२८ मार्च) का दिन सुवेदीको व्यक्तिगत डाक्टरले घरमै आएर उनको मृत्यु भएको जानकारी दिएको जनाइएको छ ।
हरियो बत्तिका सिग्नलमै पैदल हिडेर बाटो काट्ने क्रममा तीब्र गतिमा आएको कारले ठक्कर दिँदा उनको तत्कालै मृत्यु भएको बताइएको छ । सुवेदीसँगै बाटो काटीरहेका अर्का साथीले पछाडि फर्केर हेर्दा सुवेदी २० मीटर पर उछुट्टिएका थिए भने प्रहरीले उनलाई घटनास्थलमा जान समेत रोक लगाएको थियो ।
तीन छोरा र श्रीमतीसँग बेलायतमा बस्दै आएका सुवेदीको आइतबार राति कामबाट घर फर्कने क्रममा घर नजदिकै उक्त दुर्घटना भएको जनाइएको छ ।

वि.सं.२०७३ चैत १५ मंगलवार १०:२८ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...