back

द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका २२ जना कृषक छनोट

वि.सं.२०७३ चैत १५ मंगलवार

609 

shares

१५ चैत लिबाङ, रोल्पा । द्वन्द्वपीडित लक्षित विशेष कृषि कार्यक्रमका लागि जिल्लाका २२ जना कृषक छनोटमा परेका छन् ।

कृषकले निवेदन दिएका आधारमा छनोट गरिएको हो । जिल्लामा द्वन्द्वका कारण ज्यान गुमाएका परिवारबाट ३६ जना, अपाङ्ग परिवारबाट नौ, विस्थापित परिवारबाट १८ र स्थानीय शान्ति समितिको कार्यालयले सिफारिस गरेका दुई जनाले निवेदन दिएका थिए । स्वरोजगार सम्भावना, प्राविधिक उपयुक्तता, हालसम्म सेवा पाए नपाएको, आर्थिक अवस्था तथा निवेदक कृषकको द्वन्द्वप्रभावित अवस्थाको मूल्याङ्कनका आधारमा कृषकलाई छनोट गरिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी छनोटमा परेका कृषकले कार्यालयबाट प्रतिव्यक्ति र ४० हजारका दरले अनुदान पाउनेछन् । ती कृषकले तरकारीखेती, प्लास्टिक घर र थोपा सिँचाइ अनिवार्य रुपमा गर्नुपर्ने छ । जग्गा भाडामा लिएर तरकारीखेती गर्न चाहने कृषकलाई सोही रकमबाट प्रतिव्यक्ति रु १५ हजारसम्म अनुदान दिइने बताइएको छ ।

वि.सं.२०७३ चैत १५ मंगलवार १०:३२ मा प्रकाशित

Himalayan Life AD
मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक...

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...