Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ सुर्खेतमा सार्वजनिक



काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सुर्खेतमा सार्वजनिक गरेको छ ।
महिन्द्रा समूहको एक हिस्सा रहेको यस कम्पनीले मंगलबार सुर्खेत उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ शुरु भएको कम्पनीले जानकारी दिएको छ ।
महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । यो पहिलोपल्ट २०१८ मा सार्वजनिक गरिएको थियो ।

ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

यस अटोमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुको साथै यस अटोले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसको अटोको मूल्य ८ लाख ४० हजार तोकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको