Logo
१६ आश्विन २०७९, आईतवार
     Sun Oct 2 2022
E-paper
  English Edition
   Unicode
Logo

रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रमको आयोजना



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले डेंगुको कारण रगत अभाव हुँदै गइरहेको मध्यनजर गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरुले रगत दिएका थिए । यसका साथसाथै विभिन्न मिडियाकर्मी र अन्य सर्वसाधरणले समेत उक्त रक्तदान कार्यक्रममा सहभागी जनाएका थिए । उक्त कार्यक्रममा १०० जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमले धेरै बिरामीहरुको ज्यान सुरक्षित हुन मद्धत पुग्ने कम्पनी विश्वस्त रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सको हाल देशभर १२४ शाखाहरु रहेका छन् भने १५ सयभन्दा बढी कर्मचारीहरु रिलायन्स लाइफमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय नयाँबानेश्वरमा रहेको छ । जीवन बीमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीको २४÷७ सम्पर्क सेन्टर स्थापना गरेका छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य

नरेश कटुवाल, सोनादा, दार्जिलिङ हिउँदोको उरन्ठिलो यातनासंग युद्धबन्दी भएर उभिएका बोटहरूमा, जसो तसो म

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त