back

प्राइम लाइफका बीमितका लागि नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०७९ असोज ६ बिहीवार

96 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ ।

सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ५० रुपैयाँ, १५ देखि १९ वर्षको ५८ रुपैयाँ, २० देखि २४ वर्षको ६५ र २५ देखि माथिको ८० रुपैयाँ बोनसदर तोकिएको छ ।

त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (अग्रिम भुक्तानी) मा ४२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये प्राइम जीवन उपहार योजना (सावधिक) ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यी दुई योजनाका क्रमशः १६ र १५ वर्षकाले पाउने छन् । अघिल्लो वर्षमा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।

वि.सं.२०७९ असोज ६ बिहीवार ०८:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...