Logo
१६ आश्विन २०७९, आईतवार
     Sun Oct 2 2022
E-paper
  English Edition
   Unicode
Logo

वाणिज्य सङ्घद्धारा नेपालगञ्जमा उपभोक्ता सचेतना अभियान



राँझा । दशैँको किनमेल स्वदेशमै गर्न नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उपभोक्ता सचेतना अभियान सञ्चालन गरेको छ । सिमावर्ती भारतीय रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकलाई लक्षित गरी नेपालगञ्जमा उपभोक्ता सचेतना र अवैध आयात रोकथाम लगायतका अभियान सञ्चालन गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए ।

उनका अनुसार नेपालीका चाडपर्वमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन सीमा क्षेत्रमा उपभोक्तालाई पर्चा पम्प्लेटका साथ सचेतना गराइने भएको छ । नेपालगञ्जमै गुणस्तरीय तथा सस्तो पाइने सामग्रीसमेत भारतीय बजारमा खरिद गर्न पुग्ने उपभोक्ताको धारणामा परिवर्तन ल्याउने गरी सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

दसैंँको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् । सिमापारी भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगञ्जका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ । सरकारी निकायको उदाससिनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ताहित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताए ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडिहामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”,उनले बताए, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक रहेको छ ।”

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य

नरेश कटुवाल, सोनादा, दार्जिलिङ हिउँदोको उरन्ठिलो यातनासंग युद्धबन्दी भएर उभिएका बोटहरूमा, जसो तसो म

काठमाडौं । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त