Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो



काठमाडौँ । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् ।
पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो ।

यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।

कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ऐजेन्सीबाट

 


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.