Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

दस छेस्का कविता



कपिल किशोर घिमिरे
दाङ्ग, हाल कैलाली

१.
कलिको माया
छलिको कुरा
बचने छुरा ।

२.
सधैं अधुरा
नक्कली कुरा
नहुने पूरा ।

३.
चुनाव आयो
मासु र भात
मात्तियो खायो ।

४.
जलपे सुन
ठगेर खाने
ठग्गुको धुन ।

५.
चियाको धुवाँ
को लाग्छ पछि ?
सुकेको कुवा ।

६.
खोसेर लाँदा
चुलिने पिडा
पहिरो जाँदा ।

७.
हल्लाको पछि
दौडिने नामी
कुरै नबुझी ।

८.
बोकेको झोलि
घोकेको बोली
बगेको खोली ।

९.
कमिला ताँती
खहरे खोला
नाना र भाँती ।
१०
हाय यो पैसा
किन भो यस्तो ?
जीवन सस्तो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।