Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा : गधालाई निर्णायकको कुर्सी



मोहन अधिकारी, सिलगढी, भारत

पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो, ईमान्दार, लगनशिल र सधै हेपिएको प्राणी गधालाई आजको निर्णायकको रूपमा छनौट गरे । प्रमुख निर्णायकलाई नै सभाको सभाध्यक्ष पनि चयन गरियो । सधै हेपिएको, दलिएको गधा आज उच्चस्थान पाँउदा दंग थियो ।

कार्यक्रम शुरूभयो, सुँगा, मैना र कोईलीहरूले मिठा–मिठा आवाज निकालेर मनोरंजन गराए । डाँफे, मुनाल, मयुरहरूले मनमोहक नृत्य देखाए । पशुहरूले पनि बिभिन्न चटक देखाएर सबैलाई दंग बनाए । कागले काँकाँगर्दै फुत्रुक फुत्रक उफ्रिएर आफ्नो कला प्रस्तुत गर्यो ।

सभाको समाप्तिमा निर्णायकले, ‘आजको कुशल कलाकारको रूपमा कागको नाम घोषणा गर्दै भने, आज सबैभन्दा मिठो स्वर झण्डै मेरै जस्तो पारेर कागले मेरो मन जितेका छन् । उनको नृत्यकला पनि मेरै जस्तो थियो । बधाई छ, काग राजालाई ।’ भनेपछि सबै ट्वाल्ल परेर एक अर्काको मुखमा हेरिरहेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।