सुरेशकुमार पान्डे, दाङ घोराही
मेरा छिमेकी दयाल सिहँ सांच्चै दयालु स्वभावका छन् । उनीहरूको परिवार समाजमा कतै झगडा भएको सुनिएन । आपत बिपद् आईपर्दा सधै अगाडी भेट्टिन्छन । उनी परोपकारी छन् । नजिकै अर्का छिमेकी चिबराज अलि अर्र्कै स्वभावका रङ्गिन मिजासका छन ।
एकदिन उनि र म दयाल सिहँका घरमा भेटघाट गर्ने उद्धेश्यले पुग्यौं । भाउजुले चिया टकार्नु भयो । चियासँगै हाम्रो गफ सुरू भयो । भाउजु भने केही महिला साथीहरुँग किचनमै गफमा ब्यस्त हुनुहुन्थ्यो ।
‘सर, हजूरहरूको घर–परिवार देख्दा मन्दिरमा आएको झैं महसुस भयो । चिबराजले तारिफ गरे ।
‘यहाँहरूको घरमा कहिले झगडा भएन, छोराछोरी ठुलठुला भैसके तर यहाँहरूबिचको प्रेम उस्तैछ !’ दयाल सिहँले चिवराजको जवाफ नदिँदै मैले विचमै भने ।
चिबराज अलि हंसिलो स्वभावका थिए, भनिहाले– ‘झगडा त म गराई हाल्छु नी एकैछिनमा !’
‘तपाईले पनि सक्नुहुन्न हामिलाई लडाउन’ भन्दै दयाल सिहँ मुस्कुराए । हामि सबै खित खित हांस्यौं किन की हाम्रो बिचमा त्यो ठट्टा नै थियो ।
सोहिबेला हामी सबैलाई एउटा सभामा जानु थियो । त्यो सभामा पुग्यौं ।
कार्यक्रम सुरू भयो । कार्यक्रमको सहजिकरण दयाल सिहँकी श्रमती मल्वीले गर्दै थिइन् ।
हामी सबै दर्शक अघिल्लो लाइनमै बसेका थियौ ं। एक छिनपछि चिबलाल उठेर मञ्चमा गएर मल्वीको कानमा केही भने जस्तो गरेर फर्किएर आफ्नो सिटमा बसे ।
केही वेरपछि कार्यक्रम सिद्धियो । हामी आ–आफ्नो घरमा गयौँ ।
‘चिबराजले के भन्यो तिमीसँग ?’ दयाँल सिहँले घर पुगेपछि मल्विसँग मुस्कुराउँदै सोधे ।
‘केही पनि भनेनन् !’ मल्विले पनि मुस्कुराउँदै उत्तर दिइन् ।
‘भन न किन ढाट्छयौ मलाई’उनले फेरि दोहोर्याए ।
‘होइन कस्तो नपत्ताएको हो ?, केही पनि भनेनन् ।’ भन्दै उनि किचनतिर लागिन् । तर, दिनदयाल सिहँलाई लाग्यो ‘केही न केही त अबस्य भनेको छ त्यसले हाम्रो घरमा झगडा गराउन सक्छु भनेकै हो मसँग । मल्विले केही न केही लुकाइन् ।
‘मेरै आँखाले देखेको उस्ले केही भनेकै हो ! किचनमा गएर अलि चर्कदै दयाल सिहँ रिसाए । यसरी उनीहरूबीच भनसुन हुन थाल्यो । अनि मन्दिरजस्तो घर झगडामा तपदिल भयो ।
मल्विले रूँदै आफ्नो समान प्याक गरिन् र घरबाट हिंड्न दैलो खोलेकै थिइन् बाहीर चिबराज उभिएका थिए ।
‘नमस्कार भाउजु कता हिंड्दै हजूर ?’ उनले सोधे, सामुन्य एउटा कुर्चिमा दयाल सिहँ बसेका थिए । त्यो माहोंल देखेर चिबराजले आफु सफल भएको अनुमान लगाए ।
चिवराज आफै पनि घरमा कुनै अनहोनी नहोस् भनेरै पुगेका थिए । किन की उन्को परिवारलाई टुक्राउँने उद्धेश्य भने थिएन ।
‘भाउजु एकछिन भित्र आउँनुस् त सरपराइज छ’ भन्दै समानको व्यागभित्र ल्याए । अनि दयाल सिंहलाई भन्न थाले– ‘सर मैले जिंते खै त मेरो इनाम ?’
उनीहरू श्रीमान, श्रीमती एकले अर्काको अनुहार ताकाताक गरे ।
‘सर मैडम जी माफ गर्नु होला । यो झग्डा गराएको मैले हो । हजूरहरू दुबै आ–आफ्नो ठाउमा ठिक हुनुहुन्छ । वास्तवमा मैले मञ्चमा भाउजुको कानमा केही भनेजस्तो गरेको मात्रै हो तर केही भनेको भने होइन । कहिले कांही हामिले देखेका कुरा पनि सत्य हुँदैनन् !’ चिबलालले भने ।
चिबराजको कुरा सुनेर ‘घरभित्र बतास पस्न सक्दैन भनेर जिद्धी गर्नु हुँदोरहेनछ भन्ने दयाल सिहँलाई पनि लाग्यो ।
वि.सं.२०७९ असोज ८ शनिवार ०६:४२ मा प्रकाशित






























