back

विकृति न्यूनीकरण गर्नका लागि प्रहरीद्वारा सचेतना अभियान

वि.सं.२०७९ असोज ८ शनिवार

222 

shares
NTC AD
Global IME AD

बैतडी । बैतडी प्रहरीले विद्यालय विद्यालयमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भइसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेको छ । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको हो ।

सो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगिका घटनालगायतका विषयमा छलफल गर्ने गरिएको छ ।

उनले भने, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्र्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।” विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथामलगायत विषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो ।

विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तता दिइएको छ ।

वि.सं.२०७९ असोज ८ शनिवार १२:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...