Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल बुद्धिजीवी संगठनद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट वैचारिक संगठन नेपाल बुद्धिजीवी संगठनले आसन्न संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

शनिबार बिहान बसेको संगठनको भर्चुअल बैठकले परिचालन समिति गठन गरेको हो । परिचालन समितिको संयोजकमा कृष्ण केसी र सहसंयोजकमा निलकण्ठ तिवारी रहेका छन् ।

परिचालन समितिमा केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय विभागका पदाधिकारी र सदस्यहरू, प्रदेश समितिका पदाधिकारी र सदस्यहरू रहने व्यवस्था गरिएको छ ।

संगठनको केन्द्रीय कार्यालय टीमलाई निर्वाचन परिचालन समितिको सचिवालय बनाएर निर्वाचनसम्बन्धि कामको परिचालन गर्नेसमेत निर्णय गरिएको छ ।

बैठकले निर्वाचनअघि आम जनसमुदायलाई माओवादी र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसहितको अपील प्रकाशन गर्ने, माओवादी आन्दोलनका प्रमुख उपलब्धि नामक पुस्तिका परिमार्जनसहित पुनःप्रकाशन गर्ने, प्रदेश र स्थानीय तहमा समेत निर्वाचन परिचालन समिति बनाएर संगठन परिचालन गर्ने, निर्वाचन घोषणापत्रको पक्षमा बौद्धिक बहस सञ्चालन गर्ने लगायतका निर्णयहरू गरेको छ ।

बैठकमा बोल्दै माओवादी केन्द्रका सचिव एवं बुद्धिजीवी इञ्चार्ज दिनानाथ शर्माले आसन्न निर्वाचनमा क्रान्तिकारी बुद्धिजीवीहरूले जनतालाई वैचारिक दिशानिर्देश दिनुपर्ने बताए । ‘‘यो निर्वाचन सामान्य प्रकृतिको निर्वाचन होइन, अग्रगमन र प्रतिगमनबिचको संघर्ष अझै सकिएको छैन । तसर्थ, क्रान्तिकारी एवं परिवर्तनकारी बुद्धिजीवीहरूले अग्रगमनको पक्षमा जनमत निर्माण गर्न आवश्यक छ ।’’

बैठकमा संगठनका संयोजक केसीले नेपाल बुद्धिजीवी संगठन मालेमावादी बुद्धिजीवीहरूको नेतृत्वदायी संगठन भएकाले विचारसहितको संगठन परिचालन आवश्यक भएकोमा जोड दिए ।

त्यस्तै संगठनका सहसंयोजक तिवारीले निर्वाचनलाई वर्गसंघर्षको भिन्न मोर्चाका रूपमा लिन बैठकका सहभागीहरूलाई आग्रह गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।