Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान



अमेरिका (न्यूयोर्क) । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसङ्घ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवाहारको अपेक्षा गरेका छन् ।

“हामी भारतलगायत हाम्रा सबै छिमेकीसँग शान्ति खोज्छौँ, दक्षिण एसियामा दिगो शान्ति, स्थिरता वाहेका छौँ तथापि यो कार्य भने जम्मू, कश्मीर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ,” उनले भने ।

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ ।

“भारतले रचनात्मक सङ्लग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदम चाल्नै पर्छ । हामी छिमेकी हौं र हामी सधैंभरि त्यहाँ छौं, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,” पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले महासभामा भनेका छन् ।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ । अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शेहबाज शरीफले देशमा भरखरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन् । “यो बाढीमा ४०० भन्दाबढी बालबालिकासहित १५०० भन्दाबढी मानिसको मृत्यु भएको छ । बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन् ।

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झण्डै ८० लाख मानिस विस्थापित भएका छन् । (रासस\एएनआई)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।