Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुबै वृद्धि



काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार असोजको पहिलो सातामा बैंकहरुको निक्षेप २६ अर्ब र कर्जा ४ अर्बले बढेको हो ।

असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७.२१ प्रतिशत पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।