Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल फेस्टिवलमा सहभागी हुन हामी नेपाली ग्लोवल अमेरिकाको अनुरोध



अमेरिका । हामी नेपाली ग्लोबल अमेरिकाले नायग्रा फल्समा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलमा सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन अमेरिकास्थित नेपालीलाई अनुरोध गरेको छ ।

अमेरिकामा नेपाली कला संस्कृति चिनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाली उत्पादनकको प्रदर्शनी र विक्रि वितरण गर्ने उद्धेश्यले यहि अक्टोबर १ र २ तारिखमा आयोजना हुने फेस्टिवलमा सबैलाई सहभागी हुन संस्थाले अनुरोध गरेको छ ।

‘उक्त कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको व्यापक उपस्थिति गराउने सम्भव भएसम्म धेरै नेपाली उत्पादनलाई प्रदर्शनीमा राख्ने निर्णय हामीले लिएका छौं,’ संस्थाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

संस्थाले उक्त कार्यक्रममा विभिन्न जातजाति, धर्म क्षेत्रका भेषभुषा र संस्कृति झल्किने झाँकीहरुको प्रदर्शन समेत गर्ने जनाएको छ ।

‘तर, यो सबै गर्न आयोजक संस्थाले एक्लो कोशिषले हुने छैन । यहाँहरु सबैको साथ, समर्थन र सहभागिता नै कार्यक्रम सफलताका आधार हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तर्सथ हामी ग्लोबल सिंगो अमरेकी नेपाली समुदायलाई यस कार्यक्रम मार्फत् सफलताको लागि आफ्नो ठाउँबाट आफुले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।