Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२ औं शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुमको मुसिकोट न.पा.वडा न.१ स्थित २६२औं शाखा कार्यालय मुसिकोट विस्तार गरी कारोबार सुरु गरेको छ । बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर मुसिकोट शाखाको उद्घाट्न गरेका हुन् ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्य ढुङ्गानाले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको बताउंदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ७७ वटै जिल्ला सदरमुकाममा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।

No description available.

सो समारोहमा प्रभातफेरी कार्यक्रम गरी नगरपरिक्रमा गरिएको बैंकले जनाएको छ । साथै, बैंकको हाल देशभर २६२ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको बैंकले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४