Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

माछापुच्छ्रे बैंकले ल्यायो क्यास ब्याक अफर



काठमाडौं । माछापुच्छ्रे बैंकले एनसीएचएलसंगको सहकार्यमा दशैँलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।

बैंकका अनुसार यो अफर यहि असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्युआरबाट भाटभटेनीमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु.१०० सम्म क्यासब्याक पाउन सक्नेछन् । साथै, भाटभटेनीले पनि चाडबाडलाई लक्षितगरी कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट् एप संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने (मुद्धती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु बैंकले आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४