Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्वसाधारणका लागि आईपिओ जारी गर्दै इस्टर्न हाइड्रो



काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि असोज २८ गते आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीयका लागि बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणका लागि ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।