Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

तमुधीँ भर्जिनियाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः नन्द कुमार गुरुङ



काठमाडौं । तमुधीँ भर्जिनियाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सेप्टेम्बर १८ का दिन भर्जिनियाको आसवर्न शहरमा सम्पन्न तेस्रो बार्षिक साधारणसभा समाजका वयोवृद्ध अभिभावक रण बहादुर गुरूङले पानसमा बत्ती बाली उदघाटन गरेका थिए भने सभाको सभापतित्व अध्यक्ष नन्द कुमार गुरूङले गरेका थिए ।

संस्थाका उपाध्यक्ष तिलक गुरूङको स्वागत मन्तव्य तथा सचिव थमन गुरूङको संचालन रहेको उक्त कार्यक्रममा प्रमुख तथा विशेष अतिथिहरू रण बहादुर गुरूङ, भुपू कर्णेल मोहन प्रताप गुरूङ, संस्थापक सदस्य तथा संरक्षक सदस्य धन गुरूङ, पूर्व अध्यक्ष तथा संरक्षक सदस्य सुरेन्द्र गुरूङ, आजीवन सदस्य भोलमान गुरूङ र आजीवन सदस्य तथा निर्वाचन आयुक्त तोशिवा गुरूङ रहेका थिए ।

कार्यक्रममा सचिव थमन गुरूङद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र कुमारी गुरूङद्वरा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो ।

सोहि साधारणसभाका प्रमुख निर्वाचन आयुक्त नेत्र गुरूङद्वारा नन्द कुमार गुरूङको नेतृत्वमा आगामी ३ वर्षका लागि ११ सदस्यीय नया कार्यसमिति चयन भएको घोषणा गरिएको थियो । जस अनुसार उपाध्यक्षमा तिलक गुरूङ, सचिवमा थमन गुरूङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरूङ, सदस्यहरूमा बिन्ती कुमार गुरूङ, माया गुरूङ, तिर्थ कुमारी घले, नविन घले, हेमन्त गुरूङ, जीवन गुरूङ र गोपाल गुरूङ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त गुरुङद्धाराा शपथ खुवाइएको थियो । नवनिर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष गुरुङले आफ्नो प्रतिवद्वता जाहेर गरेका थिए ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।