Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

चाडपर्वसँगै सुस्तायो शेयर बजार, कारोबार रकम अत्यन्तै न्यून



काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा सेयर बजार सुस्ताउन थालेको छ । केही दिन यता सेयर बजार उकालोमा देखिए पनि कारोबार रकम भने निकै निराशजनक छ । केही दिनदेखि कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन ।

मंगलबार दोहोरो अंकको बृद्धि देखिएको नेप्से परिसूचकमा बुधबार एकल अंकको बृद्धि भयो । त्यस्तै बिहिबारको कारोबारमा नेप्सेमा दोहोरो अंकको बृद्धि भयो । बिहिबार नेप्से १६ दशमलब २९ अंकले बृद्धि भएर १८५३ दशमलब ७६ अंकमा पुगेको छ । नेप्सेमा बृद्धि भए पनि कारोबार रकम भने करिब ६३ करोड रुपैंयाको मात्रै भएको छ । अघिल्लो दिन बुधबार पनि नेप्सेमा ६.४१ अंकले बढ्दा कारोबार रकम झण्डै ५० करोडको मात्र भएको थियो ।

मर्जर तथा एक्विजिसन लगायतका कारण देखाएर केही बैंक तथा बीमा कम्पनीको कारोबार नै भएको छैन । कतिपय बैंकको शेयर मूल्य खरिद गर्दाको अवस्थामा आएको छ भने कतिपय बीमा कम्पनीका शेयर मूल्य नेप्सेमा सूचीकृत हुँदाका मूल्यभन्दा तल छन् । यति हुँदा हुँदै पनि जलविद्युत कम्पनीहरुमा लगानी गर्ने लगानी कर्ताहरुको आकर्षण भने खासै कमी आएको देखिएको छैन ।

बुधबार ४८ करोड ५४ लाख रुपैयाँ बराबरको १३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको नेप्सेमा बिहिबार पनि उस्तै नियति दोहोरिएको छ । बिहिबार ६३ लाख २४ हजारको रुपैयाको १ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तो कारोबार केहि बर्षअघि नेप्से परिसूचक ११ सय देखि १३ सय हुँदा हुने गरेको थियो ।

धेरै कम्पनीका सेयर घटेको कारण पनि खरिद–बिक्री भएको छैन । बुधबार कारोबार रकमका आधारमा नेशनल माइक्रोफाइनान्स अग्र स्थानमा थियो । बिहिबर भने नेपाल इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर ४ करोड ४८ लाख ५० हजार रूपैंयाँ भन्दा बढीको किनबेच भएको छ । तर, यस अघि कारोबार रकममा सबैभन्दा अघि देखिएका कम्पनीहरु भने सुस्ताएका छन् ।

मर्जर तथा एक्विजिसन लगायतका कारण देखाएर केही बैंक तथा बीमा कम्पनीको कारोबार नै भएको छैन । कतिपय बैंकको शेयर मूल्य खरिद गर्दाको अवस्थामा आएको छ भने कतिपय बीमा कम्पनीका शेयर मूल्य नेप्सेमा सूचीकृत हुँदाका मूल्यभन्दा तल छन् । यति हुँदा हुँदै पनि जलविद्युत कम्पनीहरुमा लगानी गर्ने लगानी कर्ताहरुको आकर्षण भने खासै कमी आएको देखिएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।