Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

डेंगुका कारण एकैदिन दुईजनाको मृत्यु, ५४० जना संक्रमित



काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

साउनदेखि यता सुरु भएको डेंगु संक्रमणका कारण विभिन्न जिल्लामा बिहीबारसम्म ३८ जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजार बढी संक्रमित भएका छन् । डेंगुका कारण बिहीबार मात्रै ५४० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ७६ जिल्लामा फैलिएको डेंगुका कारण २८ हजार १०१ जना संक्रमित भएका छन् ।
डेंगुका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेका छन् । मन्त्रालयको विवरण अनुसार बागमती प्रदेशमा मात्र २१ हजार ९७५ जना संक्रमित भएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५०, प्रदेश १ मा ८२९, गण्डकी प्रदेशमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जना संक्रमित भएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।