Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

दशैको पूर्वसन्ध्याँमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने–कुनैपनि देश भक्त नेपालीले सहज महसुस गरेको छैन



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनैपनि देशभक्त नेपालीले अहिलेको अवस्थामा सहजरुपमा जीवनयापन गर्न नसकेको बताएका छन् ।
दशैंको पूर्वसन्ध्यामा शुभकामना दिने क्रममा आफ्ना राजनीतिक धारणा समेत सार्वजनिक गर्दै शाहले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाएका छन् ।

उनले बहुदलिय संसदीय प्रणालीमा जनताको आशा, आकांक्षा अनुरुप राजनीतिक दलहरु हुन नसकेको, विभिन्न तहका प्रतिनिधिहरुमा स्वस्थ्य प्रतिश्प्रधाबाट प्रतिनिधित्व गर्न नसकेकेको तथा तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहने तर आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान र जनउत्तरदायि रहे भन्ने आजकाल जल्दो बल्दो प्रश्न बनेको बताएका छन् ।

शाहले पदलोभ, सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगका लागि दलहरु राजनीतिक केन्द्रीत हुँदै गएपछि देशको स्थिति र जनताको हालत केहुन्छ भन्ने प्रश्न गर्दै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रशन उठेको बताएका छन् ।

‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं– हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ साहले भिडियो सन्देशमा भनेका छन् ।

भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको बताउँदै यो अवस्थाले जनतामा उत्साह नभएको बताएका छन् ।

‘ मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । गर्न हुने के, गर्न नहुने के, न्यायिक मूल्य के हो ? के होइन, यी सबै कुराको निराकरण कसले गर्ने को बाट हुने ? देश र जनतासामु खट्किएको ज्वलन्त प्रश्न यहि हो । देशप्रति बफादारी र जनताप्रति उत्तरदायि भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सहि पात्र आज देशले खोजिरहेको छ ।’ शाहले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।