Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कुमारी बैंकद्वारा ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम प्रदान



काठमाडौं । कुमारी बैंकले आफ्ना ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम प्रदान गरेको छ । बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको हो ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई करिब दुई लाख रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको जनाएको छ ।

बैंकका अनुसार बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा रहेको छ । साथै, यस बचत योजनामा खातावालालाई निःशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।

बैंकले १९९ शाखा, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।