Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : शरद्को बिहान !!



कलानिधि दाहाल, काठमाडौं

मौन !
मौन !!
मिठासको मौन
मिजासको मौन
शालीनताको मौन
संयमको मौन
सौहार्द्रताको मौन
भाषाको मौन
लयको मौन
भावको मौन
विशाल विश्व नै
मौनतामा अग्लदोरहेछ

न गड्याङ्गुडुङ्को आकाश
न प्रलयङ्कर बाढीको गर्जनाहट
न कालोमुस्लोको मेघमाला
न विजुलीको तातो आँखा
मौन !
मौन !!
मौन !!!
मिठासको मौन
मिजासको मौन
शालीनताको मौन
संयमको मौन
सौहार्द्रताको मौन
भाषाको मौन
लयको मौन
भावको मौन
विशाल मान्छेको महानता
मौनतामै अग्लदोरहेछ

शरद् बिहानको मौनताजस्तै
अलिकति आस्थाको
तातो उघ्रिएको छ आकाश
अलिकति सिर्जनाको शीत
चुहेको छ चिसो
एक जुलुस
कर्मशील पाइताला
जमीन नाँप्दै छ जाँगर

न जाडोको आगमन
न गर्मीको प्रताडन
भोक भर्न
आधा पेट भात
आङ् ढाक्न
एकसरो चिथरा
रात छेल्न
एक ओच्छ्यान नीद भएझैँ
उत्ताल सिर्जनाको
झरी झर्न
कर्मशील पाइताला
अगाडि बढ्न
अतृप्त चाहनाको भोक भर्न
खण्डहर सृष्टि
पुनःसिर्जित
हराभरा पार्न
मात्र मौन !
मौन !!

 

टोपी लगाए पनि
टोपी खोले पनि
मजेत्रो ओढे पनि
मजेत्रो उघारे पनि
विराट् ब्रह्माण्डको
खाका कोर्दै छ मस्तिष्क
मौन !
मौन !!
मौन भाषामै
इशाराका गीत गाएर
चरीहरू !
कलरवमै सङ्गीतको सान
उछलिरहेछन् क्षितिजभरि
जीवन यात्राको अनुभूति
न हिलोको प्रहारमा हुन्छ
न धुलोको
न भोजको भव्य उन्मादमा हुन्छ
न मोजको
न चिहिलविहिल
घरको तथानाममा हुन्छ
न उग्र कोलाहलको भीडभित्र
न तातो ग्रीष्मको कराईमा
न तुषार ओढेको शिशिरमा हुन्छ
न ज्यादातर
सौन्दर्य वर्षेको वसन्तमा
मौन !
मौन !!
न जाडोको आगमन
न गर्मीको प्रताडन
भोक भर्न
आधा पेट भात
आङ् ढाक्न
एकसरो चिथरा
रात छेल्न
एक ओच्छ्यान नीद भएझैँ
उत्ताल सिर्जनाको
झरी झर्न
कर्मशील पाइताला
अगाडि बढ्न
अतृप्त चाहनाको भोक भर्न
खण्डहर सृष्टि
पुनःसिर्जित
हराभरा पार्न
मात्र मौन !
मौन !!
मिठासको मौन
मिजासको मौन
भाषाभावलय सम्पूर्ण
शरद् बिहानको मौनतामै
विशाल विश्व अग्लँदोरहेछ
मान्छेको विराट्
मानवता पग्लँदोरहेछ !!

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।