Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : आभास



ओम आचार्य, अर्घाखाँची

राम्रा भनेर
हाम्रा बनाइएकाहरू
एकपछि अर्को गर्दै
ओरालो लाग्दै गरेको दृश्यले
आफन्तको मलामी जाँदाको आभास हुँदोरहेछ ।

सतीको सराप
परचक्रीको धराप
तल माथिको करकाप
सबैको चाबुक खप्न नसकेर
एकमुठी सास कतिबेला फुत्त निस्कन्छ के ठेगान !

उकुसमुकुस छ समय
निस्सासिएका छन् नदी नालाहरू
राम्रा भनेर हाम्रा बनाइएकाहरू
थाहा छैन साँढे हुन कि गोरु
न दाईँ गर्छन् न जोत्छन्,डुक्रन्छन् मात्र बेला न कुबेला ।

अगस्तिहरू सल्बलाइरहन्छन्
कतै हरियो परियोको सुइँको पाएकि
मन्द्राएर झम्टिहाल्छन्
चाहे दाम्लो छिनाल्न परोस् वा किलो उखेल्न
आफ्नै सिङ फुक्लिदा पनि लप्लपाइरहन्छन् । ।

गुहार भन्दै छ भूगोल
लज्जाले नजर झुकाएको छ इतिहास
वर्णशंकरहरूको छिल्लिएको उछ्रिङ्खल प्रेम
अर्को एउटा दुःखान्त पटाक्षेप
पूवानुमान गर्दैछ कठोर वर्तमान ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।