Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : प्रेमको सिमाना



संजय सुमन, हरिपूर्वा –९, बगेवा, सर्लाही

जज साहेव !
हेर्नुस्
प्रेमको मुद्धा पनि
पहिलो प्रस्ताव देखि
प्रेमपत्रका अक्षर अक्षर केलाउनुस्
सक्नुहुन्छ भने–
ती निमिट्यान्न पारिएका
निशब्द यात्राका
दस्तावेज पल्टाउनुस्,
जलाइएका रहेछ्न् भने पनि
ती बादलमा पक्कै भेट्नुहुनेछ
सक्नुहुन्छ भने–
प्रमाणित गर्नुस् एकतर्फी थियो
ती बादल चुहिन्छ
मेरै च्यातिएको घरमा किन त ?
जज साहेव !
सक्नुहुन्छ भने–
मलाई चिर्नुस्,
म अन्तिम प्रमाण पेश गर्छु
मुटु पाउनुहुन्न म भित्र
र भन्नुस् –
प्रेमको सिमाना कुन हदसम्म हो !
अब कोही पागल हुन पाउन्न
भन् दिनुस् !!

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४