Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : त्यो आउँछ



राधा पाण्डे, गैडाकोट, नवलपुर

हरेक वर्ष
रितिरिवाज र
धर्म संस्कृतिको नाममा
प्रतिस्पर्धी बनेर
त्यो आउँछ

मैले जस्तै
कतिले नचाहादा पनि
त्यो आउँछ
स्वतन्त्र जीवनमा
बाध्यताको साइनो लगाउदै
कर्जाको नेल भिराउदै
त्यो आउँछ

पहिलो वर्षकै डाहा नमेटिदै
फेरि अर्को साल त्यो आउँछ

हरेक वर्ष त्यस्को स्वागतार्थ खर्चिदा
बन्दकी राखेको बचनको अंश
मैले फुकाउन सकेको छैन
धितो राखेको पुर्खाको ईमानदारिता
छरछिमेकभरी तिर्नै बाँकी छ
सधैं विस्वास र ईमान्दारिताको भाका
त्यो आउँछ

मेरो जीवनको तीन हिस्सा
बोली, बचन र ईमानमै अड्यो
बाँकी प्रौढपनको हिस्साले अब
त्यसको आगमन थेग्ने मसंग सामार्थ्य छैन
र, पनि बासै बस्नेगरि त्यो आउँछ

रुखका पहेंला पात झरेझैं झरिसके
परिचित र साइनो बिच विस्वासका पानाहरु
अब कतै बात राख्ने ठाउँ छैन
अब कोही मेरो इमानदारीता भजाउनेवाला छैन
जसोतसो अल्झेको जीवनमा
रितिरिवाजको भारी बोकाउदै
उत्श्रृखल भएर
हरेक वर्ष
त्यो दशै आउँछ !!


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।