Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : दशैँ



सरस्वती श्रेष्ठ ‘सरू’, पोखरा, कास्की

फाँटमा धान झुल्न थालेपछि
वनभरि कटुस र पाती फुल्न थालेपछि
दशैँ आउँछ भन्थे हाम्रा हजुर बा !

आमाले ढिकीमा अनदी धानको चिउरा कुट्थिन्
हजुरआमा घान लगाउँथिन्

घरको भित्तामा कमेरो, रातोमाटो र
खोटोले रङ्गाइन्थ्यो
घाम र जूनका चित्रहरूले
घरको भित्ता सजाइन्थ्यो

आँगनीको डिलमा सयपत्री र मखमली
ढकमक्क फुल्दा
साँझ ढल्केर आकाशमा शरदको जून झुल्दा
मलाई पनि साँच्चै दशैँको आभास हुन्थ्यो

हाम्रो घरदेखि तल पुछारमा
बगर बाँचिरहेको रिस्ती खोला
अलि पर..बगिरहेको मादी
आ–आफ्नै पीडा समन गर्दै
बगिरहन्छ किनार छोडेर
साँच्चै दशैँ
नदीले छोडेको किनारमा आइपुग्छ कि
आइ पुग्दैन होला ?

जब दशैँ आउँथ्यो
हाम्रो घरको तिल्काने माउ बाख्रो
टाट्नामा घाँस खान छोडेर झोक्राउँथ्यो
सायद दशैँको चहलपहलले
ऊ चर्कन्थ्यो र टुक्रन्थ्यो
आफ्नो सन्तानको मायाले
आफ्नो कोखको मायाले

 

जब घरघरमा जमरा राखिन्छ
भाले र बोको काटिन्छ
तब दशैँ आउँछ भन्थे
हाम्रा काका
तर मलाई त
मेरी आमाले बनाइदिएको बाबियाको डोरीको पीङ
मच्चाउन थालेपछि
बल्ल दशैँ आएको महसुस हुन्थ्यो

हाम्रा बा सधैँ परदेशमा
अर्कैको देशको रक्षा गर्ने हेतु लागिरहनुहुन्थ्यो
मलाई कहिल्यै थाहा भएन
बा र दशैँ सँगसँगै घर भित्रिएको
बा आउँदा दशैँ कहिल्यै आएन
दशैँ आउँदा बा कहिल्यै आउनुभएन
देशका थुप्रै बाहरू परदेशिएका हुन्थे
देशका थुप्रै बाहरू परदेशमै हुन्थे
खुकुरीसँग लड्थे, तरबारसँग लड्थे
मेशिनगन र गोलाबारुदसँग लड्थे
भोक र भोकमरी विरुद्ध लड्थे
अशान्ति र हिंसा विरुद्ध लड्थे

जब दशैँ आउँथ्यो
हाम्रो घरको तिल्काने माउ बाख्रो
टाट्नामा घाँस खान छोडेर झोक्राउँथ्यो
सायद दशैँको चहलपहलले
ऊ चर्कन्थ्यो र टुक्रन्थ्यो
आफ्नो सन्तानको मायाले
आफ्नो कोखको मायाले

दैवले किन प्रत्येक दशैँमा
उसका सन्तानहरू लुच्छ हँ ?
दशैँ, उसको पनि दशैँ होइन र ?

दशैँले उसको मनमा पनि
खुसीको जमरा उमार्नुपर्ने होइन र ?
दशैँमा आफ्ना सन्तानहरूसँग मिलेर
रमाउन पाउनुपर्ने होइन र ?

नियतिले किन अरूलाई रुवाएर
आफू मात्रै हाँस्ने प्रयत्न गर्छ हँ ?

मेरो बाल मस्तिष्कमा
हल्लिरहेको यो प्रश्नकोझलुङ्गो
अहिलेसम्म यथावतै छ

यथार्थमा कहाँ छ दशैँ आउनुको खुसी ?
कहाँ छ दशैँ आउनुको हर्षानुभूति ?

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।