Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

घरैपिच्छे धारा र शौचालय



चौतारा । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताइन् । तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थाप्छिन् उनी ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो ।

एक सय २० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ । कालू दनुवार भने, “हाम्रो त सपना पूरा भएको छ”, उनले खुसी पोखीन्, “म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।” खानेपानीवाट सुरु भएको अभियान, बाटो-घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ । “अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिङ्गो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ”, मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताइन् ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।