Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

दशैमा दु:खी आत्माहरुको कामना पूरा होस



‘टिकेट नलगीकन जानै भाको छैन, दशैका बेला नेताहरु फुर्सद होलान र दर्शन पाईएला भनेर बसेको चौपट नै हुने भयो, गाउघरका २ ४ वटा चियापान पनि छुटयो’ महाराजगंज चक्रपथको चियापसलमा टवाक्कै सुनेको कुरा ।

‘यो पल्ट हामी गाउँ जान नपाएनी केहि पठाईदिन पाएपनि हुने, दशै हामीलाई मात्र आएर भएननी, काईलादाइको आत्माले के भन्ला, केटाटीले के भन्लान्’ ठासठुस गरिरहेकी श्रीमतिको जवाफ दिएका मेरा साथिको घरमै चियापिउँदा सुनेको कुरो ।

‘दशैलाई भनेर २ लाख पठाइदिएको छ छोराले । त्यहि पनि बुढाघर २५ हजार मिसाउन पर्ने भन्दैछन’ भाटभटेनीमा सपिंग सकेर साथीलाई आईसक्रिम ख्वाउदै गरेकी एक अधबैशे महिलाको पीर ।

‘बिहे गर्ने बेलामा गाडी घर त सामान्य हो भन्यौ, अहिले दशैमा माईत जाने मन पनि छैन, मेरा बा आमालाई त के हुन्थ्यो र छिमेकीहरुले टिका लाउन आको ज्वाई के मा चढेर आयो भन्छन् एउटा कार किन्ने हुति छैन, यहांपनि यस्तो बसां चढेर हिंडन परीराछ’ बालुवाटारदेखी अनामनगरसम्मको नेपाल यातायात चढेका भर्खरैका नवबिवाहित दम्पतीका यात्रामा नया दुलहीको कुरो ।

‘यस्ले न मलाई सुखसंग बांच्न दिनेभयो, न आफु बांच्नेभयो । दशैमा बच्चलाई भनेर जोगाड गरेको पैसा पनि जांड धोकेरै स्वाहा बनाएछ, घरमा बोलु कुटछ, बाहिर बोलु दुनियाले सुन्छन् ।’

थामीन कोसिस गर्दै रोइरहेकी गोरीकलाले हांडिगाउ वडा नजिकै दशै विलाप सुनाईरहेकी थिइन ।

‘त्यो पल्लो अंकलले ल्याएको खशि ३० किलोको रे डयाडी, हाम्रो त २७ मात्र, अरु कुरामा त हजुर सुपर हो नी यसमा त’ नक्शाल बालमन्दिर पछाडी टवाक्कै सुनेको कुरा ।

‘अब अति भयो कोर्स करेक्सन गर्नुपर्छ’ पुर्वराजाको मुखारविन्दुबाट दशैको पुर्वसन्ध्यामा बोलेको कुरो ।

‘को को ले मसंग टिका ग्रहण गर्न मन छ, मानिसको औकात र पद हेरीकन समय मिलाईएको छ है’ बहालवाला राष्ट्रपतिबाट भएको सम्मानीत उर्दि ।

‘एकिकृत जनक्रान्तिदेखी जनवादी गणतन्त्रको सपना पूरा गर्न, नेताहरु ब्यक्तिवादी र परीवारवादी नबनाउन, क्रान्तिको बाकी काम फत्ते गर्न’ नवदर्गामाताको आर्शिवादको अपेक्षा सहित मंगलमय शुभकामना’ क्रान्तिकारी कमरेडहरुको दशै याचना ।

२७ किलोको खशी ल्याउँदा पनि सन्तुष्ट नभएको बच्चा र हांडीगाउमा नांग्लो पसल गरेकी गोरीकलासम्ममा दशैको पीरलोले भने मलाई अलिकति छोयो । धनीहरुको दशै र गरीवहरुको आंशु जहिले पनि उस्तै त भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।