Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु



इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।

मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो ।

यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ जनाको ज्यान गएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

सो प्राधिकरणका अनुसार यहाँ बाढीबाट अरु १२ हजार आठ सय ६५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि सो प्राधिकरणले जनाएको छ ।

सो प्राधिकरणले आइतबार प्रकाशन गरेको एक समाचारमा मृत्यु हुनेमा बालबालिका छ सय ३० जना रहेका छन् । त्यस्तै अरु तीन सय ४० जना महिलाको पनि सो बाढीमा परेर ज्यान गएको छ ।

पाकिस्तानको दक्षिणी क्षेत्रको सिन्ध प्रान्तमा बढी मात्रामा बाढीले क्षति पु¥याएको छ । यस प्रान्तमा मात्र सात सय ५९ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँका अधिकारीहरुले सिन्ध पछि बलुचिस्तान र खैबर प्रान्तमा पनि बाढीले क्षति पुगेको जनाएका छन् । यी दुई प्रान्तमा मात्र छ सय भन्दा बढीले ज्यान गुमाएका छन् । । (रासस/सिन्ह्वा)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।