Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणाा गर्दै डा भट्टराईले लेखे यस्तो



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षम डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफु चुनावी प्रतिश्प्रर्धामा नउत्रने बताएका छन् ।

दसैंको पूर्व सन्ध्यामा गोरखाली जनतालाई दसैंको शुभकामना दिँदै आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन्,’ डा. भट्टराईले सोमबार सामाजिक संजालमा लेखेका छन्, ‘ बाँकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।’

चुनाव नलड्नु भनेको राजनीति छोड्नु भएको बताउँदै उनले कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न÷भन्न सक्ने बताएका छन् ।
‘सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता÷समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।