Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

चितवनका ५ दलको एकै स्वर, प्रचण्ड चितवन ३ बाटै उम्मेदवार हुने



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्बन्धि गलत सूचनाको चितवनका सबै दलले प्रतिवाद गरेका छन् ।

प्रचण्डलाई चितवन कांग्रेसले बिरोध गरेका कारण गोर्खाबाट उम्मेदवार हुने भनेर प्रचार गरीएकै बेला चितवन कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको पांच दलीय गठबन्धनको बैठकले चितवनको एक प्रमुख अभिभावक प्रचण्ड भएकाले निर्वाचन क्षेत्र परीवर्तन नगर्न बिशेष अनुरोध गरिएको छ ।

३ दिन अगाडी प्रचण्डपुत्री तथा भरतपुर महानगरका प्रमुख रेणु दाहाल र माओवादी नेता सुर्य सुवेदी पथिक लगायतले संभावित षडयन्त्रका बिरुद्धमा खवरदारी गरेका थिए ।

दशैको अघिल्लोदिन अपरान्ह बसेको सो बैठकमा नेपाली कांग्रेसका राजेश्वर खनाल, शालीग्राम पौडेल, सुर्य अर्याल, राजीव न्यौपाने, अनमोल अधिकारी, गोपाल दराई, ध्रुव पोखरेल नेकपा माओवादी केन्द्का नारायण दाहाल, सुर्य सुवेदी पथिक, घनश्याम दाहाल, रामचन्द्र अधिकारी लगायत नेकपा समाजवादीका कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका बिष्णु पौडेल, जसपाका प्रेमराज भुजेल सहित दलका अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बैठकले संयुक्त शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने, उम्मेदवारी मनोनयनमा सहभागीता जनाउने र निर्वाचन सम्बन्धमा निर्णय गरेको हो । सो निर्णयको ३ न अनुसार चितवन ३ मा प्रचण्ड अब सर्वसम्मत उम्मेदवार घोषणा भएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार चितवनमा एमालेभित्रको ठुलो तप्का र राप्रपाको एक हिस्साले पनि प्रचण्डलाई समर्थन गर्दैछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।