Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए सेसेल्सद्धारा दशैं, तिहारको अवसरमा शुभकामना आदान प्रदान



सेसेल्स । एनआरएनए सेसेल्सको आयोजनामा बडा दशै, दिपावली, छ्ट पर्व नेपाल संम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

एनआरएनए सेसेल्सको चौथो वार्षिकोत्सवको अवसर पारेर माहे आइल्यान्डमा दशैं लगायतका चाडपर्व लक्षित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा एनआरएनए सेसेल्स स्थापनादेखि अहिलेसम्म विभिन्न समय र अबस्थामा योगदान पु¥याउने महानुभावहरुलाई सम्मान कार्यक्रम, मनोरञ्जनात्मक विभिन्न खेलहरु तथा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरुका साथ सम्पन्न भएको बताइएको छ ।

एनआरएनए अफ्रीका क्षेत्रीय उप–संयोजक आरपी पन्तको प्रमुख आतिथ्यतामा सेसेल्स अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा सम्पन्न उक्त कार्यक्रममा झन्डै तीनसय जनाको सहभागिता रहेको एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा मनोरञ्जनात्मक खेलहरु घैटो फुटाउने, म्युजिकल चेयर, अन्डा र चम्चा दौड तथा कमेडी डान्स प्रस्तुत गरिएको थियो ।
उक्त प्रतियोगितामा घैटो फुटाउने खेलमा नुप नारायण कुँवर, म्युजिकल चेयर खेलमा उषा गुरागाईँ र अन्डा र चाम्चा दौड प्रतियोगितामा कृष्ण गुरुङ्ग विजयी बनेका थिए ।

त्यसैगरी हरि लामा र आर सि राईले गरिबको पीडा नामक नाटक प्रस्तुत गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।