Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, यी जिल्ला भइ बहने नदीको बहाव बढ्ने



काठमाडौं । मौसम तथा प्रर्वानुमान महाशाखाले आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनुका साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

त्यस्तै राति पनि कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज पछिल्लो ३ घण्टा गोरखा, धादिङ, लमजुङ,तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी (ब.सु.प.)कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी बर्षा भएको र थप हुने तथा उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी हुनको साथै पहिरो जान सक्ने हुनाले, दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४