Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सत्ता गठबन्धनमा फुट, एमालेसँग तालमेल गर्न कस्सियो जसपा



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ । बिहीबार साँझ नेकपा (एमाले)का शीर्ष नेताहरुसँगको छलफल पछि जसपा गठबन्धनबाट अलग भएको हो । जसपा र एमालेबीच चुनावी तालमेलका लागि भएको छलफल सहमति उन्मुख छ ।

दुवै पार्टीका नेताहरुले बताएअनुसार जसपाले राखेको प्रस्तावमा एमाले करिब सहमत छ । बिहीबार एमाले नेता रघुवीर महासेठको निजी निवास भैंसेपाटीमा भएको छलफलमा जसपालाई २० देखि २१ सिटमा सघाउन एमाले राजी भएको थियो । जसपाले भने २५ सिटको प्रस्ताव गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शुक्रबार बस्ने बैठकले सहमतिलाई मूर्तरुप दिनेछ । “छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ, हामी सहमति नजिक छौं”, ज्ञवालीले भनेका छन्, आजै फाइनल हुन्छ । समस्या छैन ।”

एमालेसँगको सहमतिसँगै जसपा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएको छ । गठबन्धनभित्र जसपालाई १५ सिट दिन सकिने गरी छलफल चलेको थियो । तर, असन्तुष्ट जसपाले गठबन्धनसँगको छलफल तोडेर एमालेसँग छलफल बढाएको हो । जसपाका नेताहरुले यसअघि नै सम्मानजनक सिट नपाए गठबन्धनबाट बाहिरिने घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।