Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

गंगा चौधरीले छाडिन् एमाले, स्वतन्त्रबाट उम्मेदवारी घोषणा



काठमाडौं । नेतृ गंगा चौधरीले एमाले छाडेकी छिन् । उनले आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा पनि गरेकी छिन् ।

चौधरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले दाङ निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएकी हुन् ।

“आज मैले ठीक निणर्य गरेँ या बेठीक मलाई थाहा छैन, राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहने छु, जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरूको साथ चाहिएको छ”, चौधरीले भनेकी छन् ।

उनले आफुलाई पार्टीले अपमान गरेपछि बाध्यात्मक रुपमा यस्तो बाटो रोजेको पनि प्रतिक्रिया सञ्चारमाध्यममार्फत दिएकी छिन् । चौधरी ०७४ को प्रतिनिसभामा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।