back
CTIZAN AD

खिमलाल भट्टराईको न रह्यो राष्ट्रिय सभा सदस्य पद, न त उम्मेदारी दर्ता

वि.सं.२०७९ असोज २४ सोमवार

813 

shares

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–५ मा नेकपा एमालेका वासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता दिएको छ । आइतवार रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे र खिमलाल भट्टराईले आफूलाई आधिकारिक भन्दै उम्मेदवारी दिएका थिए ।

भट्टराईले त राष्ट्रिय सभा सदस्य पदबाटै राजीनामा दिएर उम्मेदवारी दिएका थिए। तर एउटै पार्टीको उम्मेदवारी परेमा पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्टरूपमा उल्लेख गरिएको व्यवस्थाअनुसार आयोगले घिमिरेलाई आधिकारिता दियो ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले भने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख गर्दै घिमिरेलाई आधिकारिकता दिएको हो ।

घिमिरेले आधिकारिकता पाएसँगै भट्टराईलाई दोहोरो घाटा लागेको छ । उनीसँग न राष्ट्रिय सभा सदस्य पद रहेको छ, न त उनले प्रतिनिधि सभाका लागि उम्मेदवारी नै दिन पाए ।

वि.सं.२०७९ असोज २४ सोमवार १७:१३ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...