कोर्क नेपाली समाज आयरल्याण्डको तेस्रो साधारणशभा तथा अधिवेशन २० मार्चका दिन भब्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका अध्क्षय बसन्त न्यौपानेको अध्क्षयतामा सम्पन कार्यक्रमको संचालन संस्थाका माहासचिव लोकनाथ त्रिपाठीले गर्नु भएको थियो ।
उक्त अवसरमा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका अध्क्षक्ष, गैरआवासीय नेपाली संघ आयरल्याण्डका पूर्बअध्यक्ष तथा संस्थाका सलाहकार शुक्रराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै संस्थाको सुरवातदेखी अहिले सम्मको प्रगतिको प्रंशसा गर्नु भयो । उहाँले भबिष्यमा पनी सबै एकजुट भई नेपाल र नेपालीको पहिचान तथा नेपाली समाजको बिकाश एवं प्रगतिको लागि सदैव लाग्नुपर्ने सबैको कर्तव्य रहेको बताउनु भयो ।
न्यौपानेले आयरल्याण्डबासी नेपालीहरुलाई पर्ने हरेक समस्या समाधानका निम्ती आफू सधै तत्पर रहने समेत बताउनु भयो ।
उक्त भेलाले एक महासचिव र एक सदस्य पछि थप्ने गरी निम्न अनुसारको नया कार्यसमितीको चयन गरेको छ । जसको अध्यक्षमा टेक नरायण पौडेल, उपाध्यक्ष विजय साहीनी, कोषाध्यक्ष बसन्ती आले, उपसचिवमा सीमा सुबेदी, सहकोषाध्यक्ष कमल प्रसाद अधिकारी, विमन कोअर्डिनेटर मिना त्रिपाठी (न्यौपाने), युथ कोअर्डिनेटर कृष्ण जी सी, स्टुडेन्ट कोअर्डिनेटर ज्ञानु मगर, वेब कोअर्डिनेटर युवराज खत्री रहनु भएको छ भने सदस्यमा लोकनाथ त्रिपाठी, कृष्ण खत्री रहनु भएको छ ।
समाजको सल्लहकारमा सुक्रराज न्यौपाने, बसन्त न्यौपाने र धन बहादुर खत्रीलाई चयन गरिएको छ ।
त्यस्तै आमन्त्रित सदस्य स्मीत्रि फ्रीसोन रहनु भएको थियो ।
कोर्क सहरमा बस्नुहुने नेपालीहरूको संस्था कोर्क नेपाली समाज विषेस गरी नेपाली समुदाय लाई एकीकृत गरी नेपालको पहिचान दिलाउने तथा समाजका सदस्यहरुलाई आइपर्ने समस्याकोे समाधान गर्ने उद्धेश्यले सन् २०१० मा गठन भएको संस्था हो ।
वि.सं.२०७३ चैत १७ बिहीवार ०८:२९ मा प्रकाशित






























