Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

फेरियो लाहुरे गाउँको परिचय, वैदेशिक रोजगारबाट फर्केर कृषिमा  युवाहरु



chicken-farm१७ चैत, बेनी,म्याग्दी। कृषिको पर्याप्त सम्भावना देखेपछि अवकाशप्राप्त सैनिक र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् ।

उनीहरु पशुपालन, तरकारीखेती र फलफूलखेती गरी दूध, तरकारी र फलफूल उत्पादन गर्न जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न उनीहरु कस्सिएका छन् ।

बेनी नगरपालिका बास्कुनाका तिलक गुरुङले भैँंसीपालन र तरकारीखेतीबाट सुरु गरेको अभियान अहिले गाउँभरी विस्तार भएको छ । वैदेशिक रोजगारबाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक रु १२ लाखसम्म कमाइ गर्न थालेका छन् ।

“विदेशको भन्दा बढी कमाइ गर्न थालेका छौँ,” गुरुङले भन्नुभयो । गाउँमा अहिले सबैले पशुपालन, तरकारीखेती, फलफूलखेती, कुखुरापालन गर्दै आएका छन् ।

यसैगरी ६ वर्षसम्म कतारमा बसेर फर्केका मनबहादुर खत्री गाउँमै पशुपालन, फलफूलखेती र तरकारीखेतीमा लाग्नुभएको छ । पाँचवटा उन्नत जातका भैँसी तथा फलफूलखेती गर्नुभएका खत्रीले मासिक रु ५० हजार कमाइ गर्नुहुन्छ ।

यस्तै ६ वर्ष दुबई र तीन वर्ष मलेसियामा बसेर फर्केका नरबहादुर केसी, १३ वर्ष साउदी अरब बसेर फर्केका भीम गुरुङ, भारतीय सेनाबाट अवकाशप्राप्त लालबहादुर थापालगायत २२ जना पूर्व लाहुरे अहिले गाउँमै पशुपालन र तरकारीखेतीमा लाग्नुभएको छ । उनीहरुले पशुपालन, तरकारीखेती र फलफूल खेतीबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

तीन वर्षअघि रु आठ लाखको लगानीमा तरकारीखेती, कुखुरापालन र भैँसीपालन सुरु गरेका तिलक गुरुङ लगानी र सम्पूर्ण खर्च कटाएर अहिलेसम्म रु २० लाखभन्दा बढी बचत गरेको बताउनुहुन्छ । यहाँका ४५ घरधुरीले कृषि र पशुपालनवाट गरेको प्रगति देखेर छिमेकी गाउँका युवा समेत त्यसतर्फ आकिर्षत भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठ गुजारा चलाउन विदेश जाने लर्को लागिरहेका बेला बास्कुनाका युवा सबैका लागि प्रेरणा बनेका बताउनुहुन्छ । गाउँमा सबैलाई आत्मनिर्भर बनाउन बास्कुना र थामडाँडाका कृषक मिलेर कृषि सहकारी समेत स्थापना गरेका छन् । उनीहरु बास्कुना गाउँलाई ‘फुड एन्ड मिल्क भिलेज’ बनाउन कम्मर कसेर लागेका छन् ।

फाइल : फोटो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको