Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

चर्चामा झापा–३ : सिटौलाले साख फर्काउने सम्भावना कति ?



काठमाडौं । मंसिर ४ मा हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा निकै चासोपूर्वक हेरिएको चुनावी क्षेत्रमध्ये झापा क्षेत्र नम्बर ३ पनि एक हो । जहाँ राष्ट्रिय राजनीतिका दुई ‘हेभिवेट’ पात्र चुनावी मैदानमा छन् । झापा ३ मा यसअघि जस्तै यसपटक पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच मुख्यगरी प्रतिस्पर्धा हुने देखिएकाे छ ।

२०७४ मा भएको निर्वाचनमा पनि झापा–३ मा सिटौला र लिङ्देनबीच नै प्रतिस्पर्धा भएको थियो । २०७४ को निर्वाचनबाट सिटौलालाई हराएर नै लिङ्देन राष्ट्रिय राजनीतिमा उदाएका थिए ।

२०७४ को चुनावमा सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देन ४४ हजार छ सय १४ मतसहित विजयी भएका थिए। त्यो बेला लिङदेनलाई एमाले र माओवादी केन्द्रको साथ थियो।

यसपटक कांग्रेस नेता सिटौलालाई पाँच दलीय गठबन्धनको सहयोग छ भने राप्रपा अध्यक्ष लिङ्देनलाई एमालेको सहयोग छ । यी दुई गठबन्धनमध्ये राप्रपा-एमालेको गठबन्ध मतको हिसाबले केही बलियो देखिन्छ । स्थानीय तहको निर्वाचनलाई मूल्यांकन गर्दा करिब १० हजार मतले राप्रपा-एमालेको गठबन्ध अघि छ ।

राप्रपा र एमालेको वडाअध्यक्षमा आएको मत ४२ हजार २ सय ४२ छ भने सत्ता गठबन्धनको ३२ हजार ८ सय ७५ छ । यो मतले सिटौलालाई निकै चुनौती देखिन्छ ।

राप्रपा र कांग्रेसमा आएको एकल मतलाई हेर्ने हो भने कांग्रेस ३ हजार मतले अघि देखिन्छ । कांग्रेसका वडाअध्यक्षले साढे २४ हजार मत ल्याउँदा राप्रपा उम्मेदवारले २१ हजार मत ल्याएका छन् । यहाँ अर्को चाख लाग्दो विषय एकल पार्टीको वडाअध्यक्षमा आएको मतका आधारमा कांग्रेस पहिलो, राप्रपा दोस्रो र एमाले तेस्रो रहेका छन् ।

उल्लेखित मत परिणामलाई आधार मान्ने हो भने लिङ्देनको संसद यात्रा दोहोरिने सम्भावना बलियो छ। सिटौलाको संसदीय राजनीतिमा फेरि पूर्णविराम लाग्नसक्ने छ ।

उकालो यात्रामा लिङ्देन, ओरालो यात्रामा सिटौला

२०७४ को निर्वाचनसँगै राजेन्द्र लिङ्देनको संसदीय यात्रामा मात्रै सुरु भएन राजनीति जीवनको यात्रा नै भव्य रुपमा सुरु भयो । संसदमा राप्रपाका एक्ला सांसद बनेका उनी राप्रपाको नेतृत्वमै पुग्न सफल भए । पार्टी एकतापछि भएको राप्रपाको महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भए । अहिले राष्ट्रिय राजनीतिमा लिङ्देनको चर्चा बलियो गरी हुने गरेको छ ।

यता, कांग्रेस नेता सिटौलाको राजनीतिक यात्रा भने ओरालोमा छ । गणतन्त्र प्राप्ति पछि केन्द्रीय राजनीतिमा बलिया पात्रका रुपमा उदाएका सिटौला पछिल्लो संसदीय अभ्यास र पार्टी राजनीतिबाट किनारामा पुग्दै गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सिटौलाको अवस्था निकै कमजोर बनेको देखिन्छ । यदी आगामी निर्वाचनबाट सिटौला हार्ने अवस्था आए पार्टी राजनीतिमा पनि सिटौलाको अवस्था थप कमजोर हुने निश्चित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।