back

तामाखानी उत्खननको पर्खाइमा

वि.सं.२०७३ चैत १७ बिहीवार

1.1K 

shares

१७ चैत, बाबियाचौर,म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा रहेको तामाखानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ ।

डेढ शताब्दीदेखि बन्द अवस्थामा रहेको तामाखानी संरक्षणको अभावमा बेवारिसे बनेको छ । साविक पाखापानी गाविसको– ५ र ६ नम्बर वडामापर्ने ठाडाखानी गाउँ भन्दामाथि पहाडको फेदीमा रहेका खानी संरक्षण नहुँदा पुरिँदै गएका छन् ।

तत्कालीन सरकारले आम्दानी भन्दा बढी कर ९भेजा० तिर्नुपर्ने व्यवस्था गरेपछि खानी बन्द भएको ठाडाखानीका ८८ वर्षीय रनप्रसाद छन्त्यालले बताउनुभयो । दुईपुस्ता अघिसम्म खानीबाट तामा उत्खनन भएको उहाँको भनाइ छ ।

ठाडाखानी गाउँदेखि एक घन्टा पैदल हिँडेपछि पुगिने पूर्णगाउँस्थित पहाडको फेदीमा त्यसबेला खानी खन्नका लागि बनाइएको सुरुङ भेटिन्छ । त्यहाँ तामाखानीभित्र पस्ने १२ वटा सुरुङ रहेका छन् । ठाडाखानीमा बसोवास गर्ने छन्त्याल समुदायका पूर्खाले ती सुरुङभित्र छिरेर तामा उत्खनन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

ठाडाखानीको तामा भाँडावर्तन र सिक्का बनाउन प्र्रयोग हुने गरेको थियो । देशका विभिन्न ठाउँका व्यापारी तामा किन्नका लागि गाउँमै पुग्ने गरेका थिए । तामाबाट ताउला, गाग्रीलगायतका भाँडा बनाउने गरिन्थ्यो ।

अहिले नेपाली बजारमा आयातित तामाको प्र्रयोग हुने गरेको छ । अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले पनि तामा उत्खननको सम्भावना रहेको स्थानीय बासिन्दा नरेश छन्त्यालले बताउनुभयो ।

आधुनिक प्रविधि र यन्त्र उपकरणको विकास भएकाले तामा उत्खनन गर्न सकिने उहाँको भनाइ छ । सरकारी निकायसँग ठाडाखानीका बासिन्दाले तामाखानीको संरक्षण र अनुसन्धानको माग गरेका छन् । हिलो, पातपतिङ्गर र बाढीले तामाखानीभित्र पस्ने सुरुङ पुरिँदै गएका छन् ।

एक किलोमिटर भित्रसम्म सुरुङ रहेको स्थानीय बासिन्दा बताउँछन् । पहाडको फेदीमा रहेको पाखोमा खानीबाट निकालेपछि तामा प्रशोधन गर्ने क्रममा फालिएका धातुका टुक्रा प्रशस्त भेटिन्छ ।

ठाडाखानीमा ९० घरधुरी छन्त्याल, मगर र दलित समुदायको बसोवास छ । उनीहरु तामा खन्नका लागि बागलुङको लामेला तमानबाट बसाइँसराइ गरेर आएको बुढापाकाले बताउछन् । छन्त्याल समुदायको पुख्र्यौली पेसा तामा खन्ने रहेको थियो ।

तामाखानी सञ्चालनमा आएमा रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने ठाडाखानीका मनबहादुर बुढाथोकीले बताउनुभयो ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै ठाडाखानीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका खानी सञ्चालनमा आउने आशा पलाएको छ ।

वि.सं.२०७३ चैत १७ बिहीवार १०:०४ मा प्रकाशित

Himalayan Life AD
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...