Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले र कांग्रेसका बलिया उम्मेदवारलाई रोक्न रविको शक्ति कति ?



काठमाडौं । पूर्वसञ्चारकर्मी एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने चितवन–३ बाट चुनाव लड्ने योजनामा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी प्रतिस्पर्धा गर्ने आशय लामिछानेको थियो । उनको चितवन केन्द्रीत दौडधुप पनि त्यही योजनाअनुसार बनिरहेको थियो । तर, जब प्रचण्डले चुनावी क्षेत्र परिवर्तन गरे तब लामिछानेले पनि अन्तिम समय चितवन–२ छाडे । अहिले प्रचण्ड गोरखा–२ बाट चुनाव लड्दैछन् भने लामिछाने चितवन–२ बाट चुनाव लड्दैछन् ।

राष्ट्रिय स्तरमा निकै चर्चा र लोकप्रियता बटुलेका लामिछानेले रोजेको निर्वाचन क्षेत्रबारे अहिले चर्चा परिचर्चा भइरहेको छ । लामिछानेले उम्मेदवारी दिएसँगै चितवन–२ को चुनावी लेखाजोखा राष्ट्रिय स्तरमै सुरु भएको छ । उनको उम्मेदवारीसँगै चितवन–२ मा सत्ता गठबन्धन र एमालेका उम्मेदवार पनि निकै दबाबमा देखिएका छन् ।

कस्तो छ चितवन–२ को अवस्था ?

चितवन–२ एमालेको बलियो क्षेत्रको रुपमा चिनिन्छ । जहाँ एमालेका लोकप्रिय मानिएका नेता कृष्णभक्त पोखरेल चुनावी मैदानमा छन् । उनले पछिल्ला दुई वटा निर्वाचन (२०७० र २०७४) मा सहजै जित हासिल गरेका थिए ।

२०७४ मा भएको निर्वाचनमा पोखरेलले निकटम् प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले जित हाँसिल गरेका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।

यता, पोखरेलसँगै चितवन–२ मा अर्का हेभिवेट उम्मेदवार सत्ता गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । चितवन–२ मा राष्ट्रिय रुपमा परिचय बनाएका कांग्रेसका नेता एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि चुनावी मैदानमा उत्रिएका छन् ।

चितवन–२ को चुनावी लेखाजोखा गर्दै गर्दा मुख्यगरी तीन वटा फ्याक्टरलाई विश्लेषण गर्नुपर्ने देखिन्छ । २०७४ को चुनावी समिक्षा, गत वैशाख ३० को स्थानीय तहमा दलहरुले पाएको मतको हिसाब र उम्मेदवारको व्यक्तिगत लोकप्रियता ।

२०७४ को चुनावी नतिजालाई हेर्दा, चितवन–२ एमालेको लागि निकै अनुकुल चुनावी क्षेत्र हो । २०७४ मा झण्डै दोब्बर मतले जितेका एमाले उम्मेदवार पोखरेल यसपटक पनि चुनावी मैदानमा छन् । जसलाई हेर्दा, पोखरेल अन्य उम्मेदवारभन्दा बलिया छन् ।

अर्कोतिर, गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा चितवन–२ मा एमाले पहिलो र बलियो शक्तिको रुपमा देखिन्छ । जहाँ एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र नेकपा (एस) चौथो शक्तिको रुपमा देखिएका छन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले ३५ हजार ५४३, कांग्रेसले २४ हजार ५३१, माओवादी केन्द्रले ७ हजार ३७४, नेकपा (एस)ले ३ हजार ५६९ र राप्रपाले २ हजार ११३ मत ल्याएको थियो । जसलाई हेर्दा, चितवन–२ मा समग्र गठबन्धनभन्दा पनि एमाले बलियो छ । एमाले र गठबन्धनको मत हिसाब गर्दा एमाले ६९ मतले अगाडि देखिन्छ । आगामी निर्वाचनमा राप्रपाले एमालेलाई सघाउने सम्भावना छ । यदी त्यसो भएमा एमाले उम्मेदवार थप बलशाली हुनेछन् ।

तर, चुनाव कसको पक्षमा जान्छ भन्ने निक्र्योल ०७४ को नतिजा र हालै सम्पन्न स्थानीय तहको निर्वाचनले मात्रै गर्न सकिन्न । मतदाताले पार्टीभन्दा उम्मेदवारलाई पनि चयन गर्ने गरेका उदाहरण पनि थुप्रै छन् । चितवन–२ को सबालमा पनि उम्मेदवारको चयन पनि निकै महत्वपूर्ण मान्न सकिन्छ ।

एमाले र गठबन्धनका उम्मेदवारसँगै चितवन–२ मा व्यक्तिगतरुपमा निकै चर्चा बटुलेका लोकप्रिय व्यक्ति रवि लामिछाने पनि चुनावी मैदानमा छन् । उनको व्यक्तित्व सामान्य खालको छैन । टेलिभिजनको पर्दाबाट चर्चा बटुलेका लामिछानेको पक्षमा निकै ठूलो जनसमर्थन छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा छुटेपछि नारायणी नदी किनारमा उनको पक्षमा उर्लिएको जनसागर सामान्य खालको थिएन । जसले शक्तिशाली मानिएका दलका आमसभालाई समेत गिज्याएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।